शिक्षकहरु भनेका समाजका ऐना हुन : उपाध्यक्ष अधिकारी

शनिबार, फाल्गुन २२, २०७७
0
240

गण्डकी गाउँपालिका (भुम्लिचोक), गाेरखा । गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले शिक्षकहरु भनेका समाजका  ऐना  भएकाे बताएकी छन्   गण्डकी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता अभिवृद्विका लागि दुई दिन तालिमलाइ सम्बाेधन गर्दै साे कुरा बताएकी हुन् ।  बिहिबार र शुक्रबार दुई दिन गाउँपालिकाले कक्षा ४ र ५ मा शिक्षण गर्ने सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता अभिवृद्विका लागि तालिम सञ्चालन गरेको हाे।

करुणा फाउण्डेशनको सहयोगमा सञ्चालन गरिएको तालिममा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले तालिममा सिकेका विषयहरुलाइ विद्यालयमा पुगेर दैनिक व्यवहारमा लागु गर्न निर्देशन दिएकी थिइन । कार्यक्रमकाे प्रमुख अतिथि रहेकी अधिकारीले शिक्षकहरु भनेका समाजका ऐना भएकाले समाजलाइ अगाडी बढाउन सिकेका कुरा व्यवहारमा लागू गर्नुपर्ने बताइन ।

तालिममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका उपसचिव नवराज पौडेल र शिक्षा विकास निर्देशानलय गण्डकी प्रदेशका शिक्षा अधिकृत दिपेन्द्र परियारले सहजिकरण गरेका थिए । तालिमको शुक्रबार समापन भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुदिप पन्थले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here