काठमाण्डाै । न्यूलाईफ आयुर्वेदकाे आयाेजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । तिन दिन सम्म चलेकाे शिविरमा सयाैँ नागरिकहरुले सेवा लिएका छन् । न्यूलाईफ आयुर्वेद प्रा. लि गोंगबु चोक, काठमाडौं र Lions Club of ktm champions द्वारा आयाेजित तिन दिने बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम फाल्गुन २१, २२ र २३ गते सम्म चलेकाे थियाे।
शिविरकाे उद्घाटन Lions Club International District 325 B1 का एल.सि.आई.एफ. एरिया लिडर बालकृष्ण बुर्लाकोटिले गरेका थिए । कार्यक्रममा District Governor मन बहादुर रोका लगायतकाे उपस्थिति रहेकाे थियाे । निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा अनुभवी डाक्टरहरुबाट विभिन्न रोगहरुको निःशुल्क जाँच तथा स्वास्थ्य परामर्श निःशुल्क औषधी वितरण भएकाे थियाे ।
सुगर र युरिक एसिड टेस्ट प्याथाेलाेजी, ल्याब, क्षारसूत्र , थेरापीमा ,योग , अकुपञ्चर लागयतकाे उपचारका साथै ,गुर्जो र माक्स वितरण भएकाे थियाे । साइकोलोजिष्टबाट निःशुल्क मनोपरामर्श दिइएकाे न्युलाइफ आयुर्बेदका सञ्चालक विक्रम खड्काले जानकारी दिए ।
बदलिदाे समयमा अनुसार नागरिकहरुमा देखिएका स्वास्थ्य समस्यालाइ ध्यानमा राखी आगामि दिनमा पनि शिविरकाे आयाेजना गर्दै जाने Lions club of ktm champions का वरिष्ठ उपाध्यक्ष दिपक बाबू थापाले बताए ।






