बिन्दु पौडेल का पाँच कोपिला

आइतवार, फाल्गुन २३, २०७७
0
290


सुन्दर फुल बनेर फुली दिन्छु
सुख दु:ख एक आपसमा झेलौला
सबैव तिम्रै बागमा खुली दिन्छु !

सुन्दर मनको बगैंचामा
आई बस तिमी सधै भरीलाई
मेरो तनको बगैंचामा !

सुन्दर फुलको डाली हुन पाए
भमरा भै मिठो रस खाना हुन्थ्यो
तिम्रै बगैंचाको माली हुन पाए !

काफल पाक्यो वनै भरी
बिरहको भाका गाउछ न्यौलिले
तिम्रो माया छ मनै भरी !

पिरतिको डोरी बाटौना सानू
छोटो जिन्दगीको लामो सम्झना तिमिलाई
हाँस्दै दिन हामी काटौना सानू !                              बिन्दु पौडेल
दाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here