१
परिवर्तनका कुरा भनेर के भयो
विलासितामा डुबाए जीवन हरायो सभ्यता
व्यवहारका छन् भुरा भनेर के भयो
२
पीडादायी दुःखको कहानी को बुझ्ला मेरो
सम्पत्ति हुँदा मात्र रहेछ सबैको हाइ हाइ हुने
अध्यारो बोकेको जिन्दगानी को बुझ्ला मेरो
३
भासमा परेको यो देशको हालत
बिजोग छ कसरी हेर्नु छिन्नभिन्न भएको
सिमाना सरेको यो देशको हालत
४
कठै छैन न्यानो नाना सतायो जाडोले
खर छैन छानो फाटी आकाशका तारा देखिए
छैन बरै तातो खाना सतायो जाडोले
५
पुर्खाले जुटाए हिमाल र तराई
यस्तो चालाले कसरी रहन्छ देशको गौरव
नेताले फुटाए हिमाल र तराई
जमुना पौड्याल, विराटनगर – ३






