१)
किसानहरु मारमा छन् न त भने जस्तो खाद्य,भए
छैन देशमा रोजगार युवाहरू विदेशिनु बाध्य,भए
पीडा सहनु पर्ने दु:खी,गरिव, दरिद्र किसानहरूले,
खेतीबाट कमाउँला धन सोचेर न त साध्य,भए
२)
पतन होस् जहाँ मेरा अङ्ग,अघि बढ्नेछु
धर्तीलाई छर्दै खुनको रङ्ग,अघि बढ्नेछु
निरंकुश ढल्ला बरू मेरा यी कलमढल्दैन,
सारा संसारलाई बनाउन दङ्ग,अघि बढ्नेछु
३)
रगत भन्दा भावनाको नाता,ठुलो रहेछ
सुरक्षित हुन पाना भन्दा गाता, ठूलो रहेछ
त्रिनेत्र नै जलन हुने गरि भगवान जलाउँछौ,
प्राणीमा जन्म र मृत्युको खाता, ठुलो रहेछ
४)
सडक पेटीको बास,बनाएर ढलेका छन्
जीवन जिउँदो लास,बनाएर ढलेका छन्
कसले खोज्छ अनाथको जिउने आधारहरू,
धर्ती आकाश खास,बनाएर ढलेका छन्
५)
हत्याहिंसा मात्र गर्ने, जमाना आयो देशमा
गरीबले दबिनु पर्ने,जमाना आयो देशमा
सरकार यहाँ सत्यताको न्याय देऊ जनतालाई ,
निर्दोष अन्यायमा मर्ने,जमाना आयो देशमा
नानिमाया सुनुवार
ताप्लि गाउँ पालिका ४,उदयपुर






