सत्ता टिकाउने कसरतमा प्रधानमन्त्री ओली

बिहिबार, फाल्गुन २७, २०७७
0
393

काठमाडौं, २७ फागुन । केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेकपा माओवादी केन्द्रले दिएको बिश्वासको मत फिर्ता लिने भएपछि ओलीलाई सत्ता टिकाउन आपत परेको छ । उनी कहिले नेपाली कांग्रेस त कहिले जनता समाजवादी पार्टीका नेताहरुलाई आफ्नो पक्षमा पार्न प्रलोभन दिइरहेका छन् ।

यसै सन्दर्भमा ओलीलाई जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले आज अपरान्ह ५ बजे बालुवाटारमा भेटघाट गर्ने भएका छन्।
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषदका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न लागेका हुन्। नेताहरू राजेन्द्र महतो र अशोक राई पनि भेटवार्तामा जानेछन्।

जसपा नेता केशव झाका अनुसार प्रधानमन्त्रीसँग शीर्ष नेताले भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
साथै आज बसेको जसपा पदाधिकारी बैठकले शुक्रबार संसदीय दलको बैठक राखेको छ। पार्टी एकीकरणपछि संसदीय दलका नेता चयन गर्न बैठक बोलाइएको हो।

राजपा र समाजवादी पार्टी नेपालबीच एकीकरण भए पनि संसदीय दलका नेता चुनिएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here