गोरखा , चैत । नेपाल प्रेस युनियन गोरखाले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रेस युनियनका उपाध्यक्ष नरहरी सापकोटाकाे नेतृत्वमा जाने जाने निर्णय गरेकाे छ । शनिबार बसेको जिल्ला समितिको बैठकले सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको हाे ।
महासंघको जिल्ला सचिव रहेका सापकोटा युनियनका गोरखा उपाध्यक्ष हुन । युनियनका अध्यक्ष नरेन्द्र ढकालद्धारा हस्ताक्षरित अपिल पत्रमा नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा सम्पूण पेशागत संघ, संगठन, ब्यवसायिक पत्रकारहरुवीच बृहत्तर एकता कायम गरी अघि बढ्न अपिल गरिएको छ ।
पत्रकार महासंघको यहीँ चैत २५ गते निर्वाचनको मिति घोषणा भइसकेको छ । युनियनको नेतृत्वलाई सर्वसम्मत बनाउन अन्य संघ, संगठनहरुलाई समेत सहयोग गर्न विज्ञप्तिमा आह्वान गरिएकाे छ ।






