१४ वर्षिय बालिका बलत्कार प्रयास आराेपमा खत्री पक्राउ

सोमवार, चैत्र १६, २०७७
0
372

गोरखा, १६ चैत । गोरखामा १४ बर्षिया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोरखा नगरपालिका–७ थर्पु घर भएका ४० बर्षका भगवान खत्री रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

आइतबार बिहान ७ बजे दुघ लिन गएकी बालिकालाई बाटोमा एकान्त स्थानमा भेटी खत्रीले जबरजस्तीको प्रयास गरेको उनले बताए । बालिकालाई सुनसान स्थान खोल्सा पट्टी लगी जबरजस्ती करणी उद्योग गरेको जानकारी पाए पछि प्रहरीको टोलीले उनलाई पक्राउ गरेको डिएसपी दाहालको भनाई छ ।

पक्राउ परेका खत्रीलाई जबरजस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here