मन्दिर भित्र पसेर पुजा गर्न गाेरखाका दलित समुदायले बनाए दुर्गा मन्दिर

मङ्लबार, चैत्र १७, २०७७
0
446

गाेरखा । जब दलित समुदायका नागरिकहरु मन्दिरकाे दर्शनका लागि घर नजिकै रहेकाे गाेरखा कालिका मन्दिर पुग्थे, त्यहाँ चिनेजानेका पुजारीले दलित भनि भित्र पस्न दिदैन्थे ।

हिन्दु धर्मले खुट्याइदिएकाे कथित जाति प्रथाले दलित समुदायका नागरिकहरु प्रताडित हुँदै आएका थिए । यसै वीच जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्बर ५ स्थित मैदानमा स्थानीय २९ घर दलित समुदायका नागरिकहरु मिलेर दुर्गा मन्दिर निर्माण गरेका छन् । मन्दिर भित्रै पसेर पुजा गर्ने रहर मेट्न आफूहरुले समुदाय मिलि दुर्गा मन्दिर निर्माण गरेका बनाएकाे विष्णु मग्रातिले बताए ।

उनीहरुले आफै जग्गा व्यवस्थापन गरी वडा र नगरपालिकाकाे सहयाेग लिएर मन्दिर निर्माण गरेका हुन् । दलित समुदायका नागरिकहरुले बनाएकाे मन्दिरकाे साेमबार नगरप्रमुख राजनराज पन्तले रविन काटेर उद्घाटन गरेका छन् । मन्दिर उद्घाटन कार्यक्रमलाइ सम्बाेधन गर्दै उनले कुनैपनि शक्तीपिठहरुमा जातका आधारम विभेद गर्न नपाइने कुरा कानुनमा प्रष्ट लेखिएकाे बताए । उनले धर्म संस्कति जगर्ना  गर्न सबै लाग्नु पर्ने बताए । ‘गोरखा नगरपालिका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र हो,’ उनले भने, ‘यहाँका सबै कला संस्कृति र सम्पदाको जर्गेना गर्नु गोरखा नगरपालिकाको कर्तव्य हो हामी त्याे काम पूरा गर्छाैँ ।‘

मन्दिर बनेपछि पुजारी बिलबहादुर मग्राती पनि खुसी भएका छन् । अब उनलाई अफ्ठेरो पहरामा गएर ढुङ्गामा गुठी पूजा गर्नु नपर्ने भएको छ । खुसी हुँदै उनले भने, ‘अब त हाम्रो रीतिथिती पनि जोगीने भयो ।’ हरेक वर्ष फागुपूर्णिमाको अबसरमा उक्त दुर्गा मन्दिरमा विशेष पूजा हुने गर्छ । नियमित पूजाआजा भने सधै हुने गरेको उनले बताए ।

गुठीमा आवद्ध २९ घरधुरीबाट संकलन भएको २ लाख र ३ लाख जनश्रमदान मार्फत मन्दिर बनाइएको गुठीका सल्लाहकार विष्णु मग्राती बताए । मन्दिर निर्माणका लागि सुकमान मग्राती, धनमायाँ मग्रातीले दुई दाम तीन पैसा बराबरको जग्गा दान गरेका थिए ।

‘हाम्रो यो समाजमा एउटा मन्दिरको धेरै आवश्यकता थियो,’ सल्लाकार मग्रातीले भने,‘सबैको हातेमालोले मन्दिर त बनाइएको छ । अब एउटा गुठी घर बनाउने योजना छ । वडा र नगरपालिकालाई सहयोगको लागि आग्रह पनि गरेका छौं ।’

नवनिर्मित मन्दिरको एक कार्यक्रमका वीच गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्घाटन गरेका छन् । सो अबसरमा बोल्दै उ

तर तपाईहरु नै अग्रसर भएर जुन काम गर्नु भएको छ, यो सरानीय छ ।’ उक्त अभियानलाई आवश्यक सहयोग गर्ने समेत उनले प्रतिवद्धता जनाए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामकुमार थापाले मन्दिरमा नियमित पूजा आजाको व्यवस्था गर्न आग्रह गरेका थिए ।

गुठी समाजका अध्यक्ष दलबहादुर मग्रातीको अध्यक्षतामा भएको कार्यक्रममा गुठीका सचिव झलक मग्राती, स्थानीय रामबहादुर मग्राती लगायतले मन्तब्य राखेका थिए । मन्दिर बनेको खुसीयालीमा स्थानीयहरुले विशेष पूजाआजा गरी सामुयिक भोजभतेर समेत गरेका छन् । कार्यक्रमको अवसरमा जग्गादाता मग्राती दम्पतीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

सिभिलखबर डटकमकाे सहयाेग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here