गोरखा – गोरखा मनकामना मन्दिरमा एक दिनमा संकलन भएको भेटी ब्लड क्यान्सर पिडित बालकलाई पुजारीले हस्तान्तरण गरेका छन् ।
शहिद लखन गाउँपालिका ३ सिलीङ ग्याजाका ८ बर्षिय बालक दिप्सन गुरुङलाई मन्दिरमा शुक्रबारका दिन संकलन भएको भेटी हस्तान्तरण गरिएको हो ।
कोरोना कहर संगै प्रशासनले मन्दिर बन्द गर्न भनेको दिन अर्थात बिहिबार भक्तजनाहरुले मन्दिरको ढोकामा चढाएको भेटी सँकलन गर्दा २५ हजार ३० रुपैयाँ भएकाे र उक्त रकम ब्लड क्यान्सर पिडित बालकका अभिभावकलाई मुल पुजारी ईन्सानबहादुर थापाले हस्तान्तरण गरेका हुन् ।
ब्लड क्यान्सर भएका दिप्सन केही बर्ष देखी उपचाररत छन् । उनको उपचारमा समस्या भएको जानकारी पाएको कारण बिहिबार संकलन भएको भेटी उनका अभिभावकलाई डाकेर बुझाईदिएको पुजारी थापाले बताए ।
दिप्सनको उपचारमा आर्थिक समस्या आए पछि केही समय देखी घरमा नै राख्दै आएका थिए ।






