गाेरखाका ८० जना बालबालिकाहरुलाइ एकसाथ काेराेनासँग मिल्दाे लक्षण देखिएसँगै स्वाव सङ्कलन

सोमवार, बैशाख १३, २०७८
0
297

गोरखा , बैशाख । गोरखाको भीमसेन थापा गाउँपालिका ७ बोर्लाङमा एक सामुदायिक विद्यालयका विद्यार्थीहरुमा रुघा खोकी र ज्वरो लक्षण भेटिएको छ । स्थानीय पाटनदेवी माध्यामिक विद्यालयका विद्यार्थीहरु गएको बिहिबारदेखि कोरोना संक्रमण संग मिल्दोजुल्दो लक्षण देखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।

विद्यार्थीहरुमा कोरोना संक्रमणसंग मिल्ने लक्षण भेटिएपछि गाउँपालिका स्वांस्थ्य शाखाबाट स्वास्थ्यकर्मीको टोली विद्यालयमा पुगेर आज ३१ जना विद्यार्थीहरुको स्वांव संकलन गरिएको उनकाे भनाइ छ । ‘हिजो मात्र विद्यालयबाट हामीलाई बालिकामा रुघा खोकी र ज्वरो सहितको लक्षण देखिएको जानकारी प्राप्त भयो, स्वास्थ्य शाखाका प्रमुख खनालले भन्नुभयो, ‘आज नै बिधालयमा पुगेर एउटा घरका १ जना लक्षणदेखिएका बालबालिका पर्ने गरी स्वांब संकलन गरिएको छ ।’

स्वांव संकलन गरिएको सवैमा कोरोना संक्रमणको लक्षण जस्तै देखिएको भएपनि मौसमी रुघाखोकी समेत हुनसक्ने उहाँको भनाई छ । संकलन गरिएका स्वाब गण्डकी प्रदेशको प्रयोगशालामा परीक्षणका लागि पठाइएको प्रमुख खनालले बताए त्यस्तै स्वास्थ्यकर्मीको टोलीले अन्य ८० जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण समेतग गरेको उनले जानकारी दिए ।

विद्यालयका बालबालिकाहरुमा रुघाखोकी ज्वरो लगायतका लक्षण देखिएको पछि त्यहाँ त्रास बढेको छ । विद्यालयले शुक्रबार एक दिन विद्यालय समेत बन्द गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here