गोरखा १३, बैशाख । शहिद लखन गाँउपालिकामा नेकपा माओवादी निकट वाई सि एल कमिटी गठन गरेकाे छ । गाँउपालिका स्तरीय वाईसिएलको सम्मेलनबाट अध्यक्षमा काजि गुरुङलाई चयन गरेकाे वाइसिएल गाेरखाले जनाएकाे छ ।
उपाध्यक्षमा राजु गुरुङ, आशिस चेपाङ, सचिवमा ईश्वर मुडवरी , कोषाध्यक्षमा रिना थापा, सह–सचिवमा विजय थापा,सुनिल गज्मरेलाई मनोनित गरिएको शहिद लखन गाँउपालिका वडा नं ७ का वाईसिएल अध्यक्ष सुरज तिवारीले जानकारी दिए ।
३२ सदस्सीय रहने गरी गरिएको कमिटी गठन कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य दिपक तिमील्सिना (साकार) , गाँउपालिका उपप्रमुख ईन्दिरा तिवारी , वाईसिएल केन्द्रिय सदस्य तथा वाईसिएल गोरखा जिल्ला ईन्चार्ज सुदिप नगरबकोटी, वाईसिएल गोरखा जिल्ला संयोजक अशोक शर्मा भट्ट लगाएतको सहभागिता रहेको तिवारीले जानकारी दिए ।






