भीमसेन थापा गाउँपालिकाकाे क्यामुन्टार क्षेत्र शिल

मङ्लबार, बैशाख १४, २०७८
0
277

गोरखा १४, बैशाख ।एउटै गाउँमा २९ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि गोरखाको भीमसेन थापा गाउँपालिका–७ क्यामुन्टार क्षेत्र सिल गरिएको छ । गाउँपालिकाको आज बसेको आकस्मिक बैठकले संक्रमण फैलिएको क्षेत्र सिल गरिएको वडा अध्यक्ष बासु थापाले जानकारी दिए ।

संक्रमण थप फैलन नदिन गाउँपालिकाले संक्रमित क्षेत्र सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए । संक्रमण देखिएको क्षेत्रमाभेलिदेखि नै स्वांस्थ्यकर्मीको टोली पठाएर कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिने उनले बताए । क्यामुन्टार क्षेत्रमा मात्रै करिब १ सय जनाभन्दा बढीमा रुघाखोकी र ज्वरो सहितको लक्षणदेखिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित क्षेत्रमा औषधी र खाद्यान्य बाहेका पसल खोल्न रोक लगाइएको छ भने अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन समेत गाउँपालिकाले सवैलाई अपिल गरेको छ । आज संक्रमित मध्ये ४ जना विद्यार्थी, अभिभावक तथा स्थानीयवासी रहेका छन् ।

सङक्रमितहरुलाइ विद्यालयमा आइसाेलेसन बनाएर राखिएकाे गाउँपालिका उपाध्यक्ष विनु वाग्लेकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here