सेवामा खटिने स्वास्थ्यकर्मीहरुका लागि शहिदलखनद्वारा ५० प्रतिशत सुविधा वृद्धि

बिहिबार, बैशाख २३, २०७८
0
511
शहिद लखन थापा गाउँपालिका गाेरखा ।

शहिदलखन गाउँपालिका, गाेरखा । काेराेना सङक्रमणका समयमा सेवाग्राहिहरुकाे सेवामा खटिने पालिका भित्र काम गर्ने स्वास्थ्यकर्मीहरुका लागि शहिदलखन गाउँपालिका गाेरखाले खाइपाइ आएकाे तलवमा ५० प्रतिशत थप गरेर दिने भएकाे छ । पालिकामा बसेकाे विपद व्यवस्थापन समितिकाे बैठकबाट साे निर्णय भएकाे गाउँपालिकाले जनाएकाे छ ।

अघिल्लाे वर्ष ७५ प्रतिशत सुविधा प्रदान गरिएकाे प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आलेले बताए । पालिका भित्र रहेका सबै स्वास्थ्य सँस्थाहरुमा अक्सीजन सहितकाे सिलिण्डर राखिएकाे छ । पालिकामा ७ बेडकाे आइसाेलेसन तयारी छ । विरामीकाे अवस्था जटिल भएमा यहीँ ल्याएर उपचार गर्छाैँ उनले भने ।

पालिका अध्यक्ष, उपाध्यक्ष , वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य र सदस्य ज्यूहरु सबै काेराेना भाइरस विरुद्ध लड्न एक भएर लाग्नु भएकाे उनले बताए । तपाइँ दैनिक गतिविधिहरु हेर्न सक्नु हुन्छ हाम्रा जनप्रतिनिधिहरु कसरी खटेका छन्,उनले भने । पालिका प्रवेश गर्ने मुख्य नाकाहरुमा स्वास्थ्यकर्मी सहितकाे टाेली राखेर निगरानी गरिएकाे उनले बताए । पालिका भित्र रहेका राजनैतिक पार्टी, सामाजिक सँघ सँस्थाहरु सबैकाे सहयाेग हामीलाइ छ,उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here