गोरखा २५ बैशाख । गोरखमा एक पुरुष मृतावस्थामा भेटिएका छन् । जिल्लाको पालुङटार नगरपालिका ६ कबिखोला भन्ने स्थानमा मृतवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिए ।
मतृ भेटिएका पुरुष सल्यान जिल्लाको उमाख गाउँपालिका वडा नम्बर ३ का ४० वर्षिय गोरख परियार रहेको उहाँको भनाई छ । उहाँ त्यस क्षेत्रमा मजदुरी गर्दै आएका थिए । मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याएको छ ।
बारीको कान्लामा शव भेटिएको परियारको मृत्युको कारण भने खुल्न बाँकी रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।






