गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा पदबाट राजीनामा

आइतवार, बैशाख २६, २०७८
0
115

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।मुख्यमन्त्रीले आज प्रदेश प्रमुख सीता कुमारी पौडेलसमक्ष राजीनामा बुझाएक हुन्

गुरुङले दिएको राजीनामा प्रमुख पौडेलले स्वीकृत गरी उनकाे नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले हालसम्म गरेको कामप्रति धन्यवाद दिएकाे प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए ।

मुख्यमन्त्री गुरुङका विरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रश्ताव माथि वैशाख २७ गते सोमबार मतदान हुने अघिल्लो दिन मुख्यमन्त्रीको राजीनामा आएको हो ।

अर्काे मन्त्रिपरिषद् गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने र नेपालको संविधान अनुसार तीन दिनभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेकी छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here