गण्डकीमा नयाँ सरकारका लागि तीन दिनकाे समय

आइतवार, बैशाख २६, २०७८
0
263

पाेखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीता कुमारी पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरिएको छ । बहुमत प्राप्त साँसदहरुले सरकार बनाउन सक्ने प्रावधान रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here