गाेरखामा जेठ १५ गते सम्म निषेधाज्ञा

बिहिबार, बैशाख ३०, २०७८
0
294

गोरखा ३० बैशाख । गोरखा जिल्लामा आउदो जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने भएको छ । जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भोलीसम्मका लागि जारी गरिएको निषेधाज्ञा जेठ १५ गते सम्म थप गर्ने निर्णय गरेको हो । जिल्ला भित्र कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेकोले संक्रमण रोकथाम, न्युनिकरण र व्यवस्थापनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिए

गोरखामा गएको २२ गतेदेखि लगाइएको निषेधाज्ञा भोली सकिदैछ । बैठकले निषेधाज्ञाको अबधीमा दैनिक उपभोग्यबस्तु, खाद्यान्य, तरकारी, दुध तथा माछा, मासु, कृषिजन्य बिउबिजन मल पशुपन्छीको दान बिक्रि गर्ने पसल र वर्कसप अबदेखि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

त्यस्तै खानेपानी सुरक्षा, स्वास्थ्य, सञ्चार, औषधी तथा औषधीजन्य उत्पादन र बिक्रि बितरण लगायत अत्याबश्यक बाहेकका सेवा सवै बन्द गर्ने निर्णय पनि डिसिसिएमीको आजको बैठकले निर्णय गरेको छ । बैठकले निर्माण सामाग्री ढुवानीका साधन बेलुकी ७ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्ने, र सञ्चारकर्मीका हकमा सूचना बिभागले जारी गरेको प्रेसपास र सञ्चारगृहले जारी गरेको परिचय पत्रको आधारमा आवातजावत गर्न सकिनेछ ।

गोरखा नगरपालिका भित्रका बैंकहरुको सम्पर्कका आधारमा आकस्मिक सेवा बाहेका सेवा बन्द गर्ने, बित्तिय संस्थाहरु सहकारी लधुबित्त इन्सुरेन्स लगायतका सेवा पूर्ण रुपमा बन्द गर्ने, बाहिरी जिल्लाबाट हुने तरकारी ढुवानी रोक्ने निर्णय बैठकले गरेको छ । त्यस्तै बिभिन्न संघसंस्था तथा राजनीतिक दलबाट प्राप्त भएको भवनमा आइसोलेसन निर्माण, आइसोलेसन केन्द्रमा चिकित्सकीय सेवा प्रदान गर्ने र आइसोलेसन निर्माण तथा सञ्चालन र व्यवस्थापनका लागि प्रदेश सरकारसंग ५० लाख रुपैया बजेट माग गर्ने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

जिल्ला भित्रका निजी अस्पतालहरुमा स्थापना गरिएको आइसोलेसन केन्द्रमा आबश्यकता अनुसार जनशक्ति, स्वास्थ्य सामाग्री उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको पाैडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here