पाेखरा । अक्सिजनको अभावमा दिनदिनै नागरिकको ज्यान जान थालेपछि पोखरामा नागरिक स्तरबाटै अक्सिजन प्लान्ट बनाउने प्रयास भएको छ । पोखराको बतास अर्गनाइजेसनको पहलमा नागरिक स्तरबाटै अक्सिजन प्लान्ट बनाउने प्रयासको थालनी भएको हो । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासको नेतृत्वमा अहिले अक्सिजन प्लान्ट बनाउनका लागि सहयोग रकम संकलन गर्ने काम भइरहेको छ ।
कम्तिमा ३ करोडको लागतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट बनाउने तयारी गरिएको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । अक्सिजन प्लान्टका लागि कम्तिमा ३ करोड चाहिन्छ, उनले भने,‘तर ५ करोड संकलन भयो भने देशकै सबैभन्दा ठूलो अक्सिजन प्लान्ट बनाउँछौं ।’
अध्यक्ष बतासले अक्सिजन प्लान्ट बनाउने अभियान समग्र पोखरेलीको भएको बताए । त्यसैले सम्पूर्ण पोखरेलीले आफ्नो गच्छे अनुसार सहयोग प्रदान गर्न सक्ने उनको भनाई छ । ‘अक्सिजन प्लान्टका लागि १ रुपैयाँदेखि आफूले चाहेको जतिपनि रकम प्रदान गनर्् सकिन्छ’–उनले भने । भोलि हजारौं जनतालाई अक्सिजन आवश्यक प¥यो भने त्यतिबेला अहिले भएको अक्सिजनले धान्दैन, त्यसैले अहिलेबाटै तयारी गर्नुपर्ने भएकाले अभियान शुरु गरिएको उनले बताए ।
एभरेस्ट एफएमसँगको सहकार्यमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टका लागि हालसम्म करीब साढे २ करोड रकम संकलन भइसकेको छ । अक्सिजन प्लान्टका लागि बतास आफैले बतास फाउण्डेसनमार्फत २५ लाख र आफ्ना विभिन्न कम्पनीह्रुमार्फत २५ लाग गरेर कुल ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा भएको छ । त्यस्तै, अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेल, सेलवेज डिपार्टमेन्टल स्टोर्सका सञ्चालक सुशील प्रधानाङ्ग, स्वर्गिय समाजसेवी सूर्यबहादुर केसीको स्कृतिमा केसी ग्रुप पोखरा, सुपर मादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुंगाना, क्वालिटी एग्रिगेटका सञ्चालक देवबहादुर ज्वारचन र बि रिभर माइनिङ प्रालिबाट २५÷२५ लाख रुपैया सहयोग घोषणा भएको छ ।
अक्सिजन प्लान्ट स्थापनाका लागि पोखराका कृष्ण श्रेष्ठबाट ५ लाख, सामाजिक संस्था नेलम्बो नेपालका तर्फबाट अध्यक्ष एकदेव देवकोटाले ३ लाख, स्वर्गिय कृष्णमान गुभाजुको स्मृतिमा कञ्चन क्यापिटलको तर्फबाट ३ लाख, लभ्ली हिल्स हाउजिङ प्रालि प्रस्याङको नाममा अनिल ताङ्वेबाट ३ लाख, व्यवसायी सोभिनमान बुद्धाचार्य मोहरियाटोलबाट २ लाख, स्वर्गिय प्रेमप्रसाद लामिछाने र स्वर्गिय जनकमाया लामिछानेको नाममा उनका छोरा उक्तम लामिछानेबाट २ लाख ५ हजार ५ सय घोषणा भएको छ ।
होटल ल्याण्डमार्कका सञ्चालक ओमप्रकाश पाण्डेबाट १ लाख ११ हजार १ सय ११, भक्त बतास दमौली, पोखरा रामबजारका बैकुण्ठ रञ्जितबाट १ लाख, दिटीका ईन्टरनेसनल प्रालि नयाबजारबाट १ लाख १ रुपैयाँ, काठमाडौंका मनोज गुप्ताबाट १ लाख ११ हजार १ सय ११, टीका ग्रुपका अध्यक्ष टीका पौडेल, पोखरा विन्ध्यबासिनीका भीमराज रेग्मीले १÷१ लाख रुपैयाँ सहयोग घोषणा भएको छ । यसैगरी, अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ सेराचेर निवासी नारायणप्रसाद अधिकारीबाट १ लाख, सुष्मा जोशीबाट ५० हजार, शितलादेवीका पूर्णमान श्रेष्ठबाट २५ हजार, विश्वशंकर पालिखेबाट २५ हजार घोषणा भएको छ ।
अक्सिजन प्लान्टका लागि माउण्ट कैलाश रिसोर्ट लेकसाइडका सञ्चालक नरेशबहादुर भट्टराईबाट १ लाख ५५ हजार, एभरेस्ट एफएमका प्रोमोटर तथा सिटिजन फर्निचर ट्रेडलिंक प्रालिका सञ्चालक दीपक कार्कीबाट १ लाख ११ हजार १ सय ११, युनाइटेड क्लव पोखराबाट १ लाख १ हजार १ सय ११, घारीपाटनका अमर सापकोटाबाट १५ हजार ५ सय ५५, नागरिक समाज पोखराका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता रामबहादुर पौडेलबाट १० हजार, कविता बानिया जिसीबाट १० हजार, नेकपा माओवादी केन्द्रका नेता सुमन देवकोटाबाट १० हजार घोषणा भएको छ ।
यसैगरी, ईञ्जिनियर मिलन केसी १० हजार, पत्रकार तथा अधिवक्ता विवि विष्टबाट ७ हजार ७ सय ७७, टंक पौडेलबाट ५ हजार, अधिवक्ता तारा शर्माबाट ५ हजार, प्रा.डा.दिलबहादुर क्षेत्रीबाट ५ हजार, सुजन श्रेष्ठबाट ५ हजार, राजु पाण्डेबाट ५ हजार, पोखरा प्रस्याङका कृष्णप्रसाद बरालबाट ५ हजार ५, पोखरा–९ का विशेष केसीबाट ५ हजार, लेकसाइडका पदम पहारीबाट ५ हजार, आयरल्याण्डका पर्यटक जोन कुकबाट ५ हजार, सन्तोष त्रिपाठीबाट ५ हजार घोषणा भएको छ ।
अक्सिजन प्लान्ट बनिसकेपछि अक्सिजनको अभावमा कसैकोपनि ज्यान नजाने आशा गरेको उनले बताए । हाल आवश्यक्ता अनुसार अक्सिजन उत्पादन नहुँदो रहेछ, उनले भने,‘अब यो अक्सिजन प्लान्ट बनिसकेपछि अक्सिजनको अभावमा कसैकोपनि ज्यान जाने छैन, अक्सिजनको अभावमा ज्यान जानबाट जोगाउने विश्वास लिएका छौं ।’
अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्न चाहनेले आफूले सक्ने सहयोग गर्न सक्ने जनाइएको छ । त्यसका लागि बतास फाउण्डेसनका साथै अफिसियल मिडिया रहेको एभरेस्ट एफएम ९३ मेगाहर्ज पोखराको ०६१–४१९६०३ वा प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठलाई ९८५६०२६८४५ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।






