गाेरखा,लमजुङ, मनाङ र तनहुँ जिल्लाका पत्रकारहरुका लागि स्वास्थ्य सामग्री वितरण

शुक्रबार, बैशाख ३१, २०७८
0
316

पाेखरा । नेपाल पत्रकार महासँघ गण्डकी प्रदेशले प्रदेश भित्र रहेका गाेरखा,लमजुङ, मनाङ र तनहुँ जिल्लाका पत्रकारहरुका लागि मास्क, स्यानीटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेकाे छ ।

फ्रेन्डस अफ सिङ्ला स्टिफटुङ स्विसबाट प्राप्त स्वास्थ्य सामग्री उक्त जिल्ला भित्र रहेका सञ्चारकर्मिहरुलाइ प्रदान गर्ने उदेश्यका साथ नेपाल पत्रकार महासँघका जिल्ला सभापतिहरुलाइ हस्तान्तरण गरिएकाे प्रदेशका काेषाध्यक्ष राजेन्द्र न्याैपानेले जानकारी दिए ।

स्टिफटुङका अध्यक्ष साेम गुरुङले केही दिन अघि काठमाण्डाैबाट उक्त सामग्री प्रदान गरेका थिए । गाेरखा जिल्लाकाे गुम्दा स्थित सिङ्ला घर भएका गुरुङ सामाजिक कार्यमा सक्रिय रहदै आएका छन् । अग्र माेर्चामा खटिएर काम गर्ने पत्रकारहरुका लागि आफूले सकेकाे सहयाेग गर्न पाउँदा खुशी लागेकाे उनले बताए ।

महासँघ प्रदेशले आफू मातहत रहेका ११ वटै जिल्लाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री विभिन्न दाताहरुकाे सहयाेगमा प्रदान गर्दै आइरहेकाे महाँसघका महासचिव गाेविन्दप्रसाद सुवेदीकाे भनाइ छ । पत्रकार साथिहरुलाइ सम्यमित भएर काम गर्न समेत उनले आग्रह गरेका छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here