ट्रेसिङ नतिजा नआउँदै गाेरखाका दुइ जनाकाे मृत्यु

शुक्रबार, बैशाख ३१, २०७८
0
266
साँकेतिक तस्वीर

गाेरखा ।  शहिद लखन गाउँपालिक वडा नं. ४ को ४१ वर्षका पुरूष बाबु राम लामिछानेको Sukraraj Tropical Hospital Teku मा  कोरोना भाईरससँग मिल्दाे लक्षण देखिएकाे कारण मृत्य भएको उनका परिवारजनले बताएका छन् ।

कन्ट्याक्ट ट्रेसिङमा परेका उनकाे रिपाेर्ट अाइसकेकाे छैन । उनी सिञ्जाली माविका सहायक प्रधानाध्यापक हुन् ।
उनकाे मृत्यु भएकाे कुरा स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले पुष्टी गरेका छन् ।

 

पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षिय रामचन्द्र बस्नेतको आज दिउँसो आँँपपिपल अस्पतालमा मृत्यू भएको छ ।

स्वासप्रश्वासमा समस्या भएपछि आज दिउँसो आँपपिपल अस्पताल भर्ना गरेको केहि समयमा नै उनको मृत्यु भएको अस्पतालका बाबुरामी गिरीले जानकारी दिए ।  उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका बस्नेतको पनि पीसिआर रिपोट आउन बाँकी रहेको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here