गाेरखा । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जनार्दन अर्याल पार्टि सभापति शेर बहादुर देउवालाइ क्रियाशिल सदस्यहरुबाट एक हजारका दरले रकम उठाएर एक अर्वकाे राहात काेषा निर्माण गरी विपदका समयमा परिचालन गर्न सुझाव दिएका छन् ।
नेपाली एकीकरणका समयमा पैसा अभावमा युद्ध लड्न जान नसकेका पृथ्वी नारायण शाहलाइ विसे नगर्चीले प्रत्येक घरधुरीबाट रु १ उठाएर हतियार किन्न सुझाव दिएकाे इतिहासका पुस्तकमा पढ्न पाइन्छ ।
महाधिवेशन प्रतिनिधि जनार्दन अर्यालकाे पत्र हेर्नुहाेस्
श्री मान श्रद्धेय सभापती शेर बाहादुर देउवा ज्यु ,
देश भरिका सम्पुर्ण नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता साथीहरूमा जयनेपाल !!!
Covid-19 को काहाली लाग्दो यस घडीमा जनतालाई राहात पुर्याउनु हामी सबैको दायित्व हो। त्यसैले नेपाली काङ्ग्रेसका करिबकरिब दस लाख कृयासिल सदस्यहरु बाट सालाखाला रु. १०००/- का दरले हुन आउने न्युनतम रु १ अर्बको राहात कोष निर्माण गरी उक्त कोषको सहि उपयोगले हामीले कोरानालाइ सजिलै परास्त गर्न सक्छौं । तसर्थ यो आभियानको नेतृत्व नेपाली काङ्ग्रेस केन्द्रिय समितिले गरोस। म अपील गर्न चाहान्छु। मेरो तर्फबाट यो कोषमा रु ५०००/- सहयोग गर्न तयार छु भन्ने समेत अनुरोध छ। सम्पुर्ण साथीहरू ले सकारात्मक रुपले प्रचार-प्रसार र सहयोग गर्नुहुनेछ भन्ने बिश्वासका साथ अपिल गर्दछु।
जनार्दन अर्याल
ने.का.माहाधिबेशन प्रतिनिधि
तथा अध्यक्ष
ने. का. गोरखा-काठमाडौं सम्पर्क समिति ।






