गाेरखा । काेरानाे सङक्रमण बढ्न थालेपछि शहिदलखन गाउँपालिका भित्र रहेका बैँक, वित्तिय सँस्था र सहकारीहरु बन्द गर्न निर्देशन दिइएकाे छ ।
कार्यपालिकाकाे साेमबार बसेकाे बैठकले भाैतिक रुपमा गरिने सम्पूर्ण बैँकिङ काराेवार निषेधाज्ञा अवधिभरका लागि बन्द गर्न अनुराेध गर्ने निर्णय गरिएकाे प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आलेले बताए । एटिएम सेवा सुचारु राख्न सकिने पालिकाले जनाएकाे छ ।







