गाेरखा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास र आन्तरिक मामिला तथा कानुन मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकारमा आफूहरुलाइ विश्वासकाे मत दिनुपर्ने बताउँदै विश्वासकाे मत नपाए सँसद भङ्ग गरेर चुनाव घाेषणा गर्ने बताएका छन् ।
जेठ २७ गते भित्र विश्वासकाे मत लिने सरकारका प्रवक्ता समेत रहेकाे बस्नेतले बताएका हुन् ।
प्रदेश सरकारले स्वास्थ्य कार्यालय गोरखाका लागि पठाएको आठहजार छसय ५५ थान एण्टिजेन किट कार्यालय प्रमुख नरजङ ठकुरीलाई मन्त्री बस्नेतले आज हस्तान्तरण गरेका छन् ।





