गाेरखा । जिल्लाकाे बारपाक सुलिकाेट गाउँपालिकामा काेराेना सङक्रमित नागरिकहरु घरभित्र अाइसाेलेनमा बस्न अटेर गरेपछि स्थानीय तहले काउन्सिलिङ गरेर आइसाेलेशनमा बस्न लगाउन रेडक्रसलाइ जिम्मेवारी दिएकाे छ ।
वडा अध्यक्ष लाल बहादुर गुरुङले भने, ‘हामीले धेरै भन्याै सबैले मानेनन, रेडक्रसलाइ आइसाेलेशन र व्यक्ति काउन्सिलिङकाे जिम्मा दिएपछि मानिसहरु बाहिर देखिएका छैनन् । ‘
रेडक्रसकाे उपशाखा मार्फत जिल्ला शाखा गाेरखाले स्वास्थ्य सामग्री र काेराेना सङक्रमितहरुले गर्नुपर्ने व्यवहारका बारेमा लेखिएका पर्चा वितरण गरेकाे थियाे ।
प्रकाेपका पूर्व तयारी र आइसाेलेशनलाइ लक्षित गरी अत्यावश्यक सामग्रीहरु बारपाक पुर्याएकाे जिल्ला शाखाले जनाएकाे छ ।
सङक्रमितहरु सहित समूहमा मेला पर्म गर्न थालेपछि गाउँमा थप सङक्रमण फैलदै गएकाे वडा अध्यक्ष गुरुङले बताए । रेडक्रसले उपशाखा मार्फत स्वयँसेवक परिचालन गरेर घरघरमा सचेत गराउँदै हिडेपछि बाहिर मानिसहरु देखिन छाडेका उपशाखा सभापति तनराज घले बताउँछन् ।
हामीले गर्न सक्ने काम गर्छाैँ । राेग लाग्न भन्दा लाग्न नदिनु उत्तम हाे, सबैले स्वास्थ्य मापदण्ड पालना गरेर बस्नुपर्ने उनले बताए । अभियान चलाएसँगै मानिसहरु सचेत हुँदै गएकाे सभापति घले बताउँछन् । हाल यस स्थानमा सङक्रमितकाे सङख्या २७६ जना रहेकाे छ। लक्ष्यण देखिएका मानिसहरुकाे स्वास्थ्य परीक्षण निरन्तर भैरहेकाे छ ।






