गाेरखा । गाेरखामा आज १०६ जना काेराेना सङक्रमितहरु थपिएका छन् । ४४ जना महिला र ६२ जना पुरुष सङक्रमित भएका हुन् । गण्डकी प्रदेशमा आज ५१८ जना सङक्रमितहरु थपिएका हुन् ।
आजका मिति सम्म गण्डकीमा ४७ हजार ८०९ जना सङक्रमित भएका छन भने काेराेना सङक्रमणका कारण गत २४ घण्टामा १० जनाकाे मृत्यु भएकाे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता विनाेद विन्दु शर्माले बताए ।






