शहिदलखन गाउँपालिका । गाेरखा जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित देउराली गाउँका ६३ वर्षिय समुन्द्र श्रेष्ठकाे मृत्यु भएकाे छ ।
उनकाे वडा-७ बुङकोट स्वास्थ्य चौकीमा मिती २०७८/२/१३ गते गरिएको एन्टिजेन बिधिबाट परिक्षण गर्दा काेराेना पोजेटिभ आएको थियो । गाेरखा अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि काठमाडौ प्रहरी अस्पतालमा उपचारार्थ हुदा आज विहान मृत्यु भएकाे वडा अध्यक्ष शरण श्रेष्ठले बताएका छन् ।






