[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
गोरखा । पालुङटार नगारपालिकाले शिक्षा क्षेत्रलाइ प्राथमिकता दिएकाे छ । शिक्षा क्षेत्रमा नगरपालिकाको प्राथामिकता : पालुङटार नगरपालिकाले आगामी आर्थिक बर्षमा शिक्षा क्षेत्रलाई प्राथामिकता दिदै नयाँ खालका कार्यक्रम समेत ल्याएको छ । पहिलो अक्षर ‘क’ लेखौ आफ्नै पालिकाको पेन्सिलले भन्ने नीति अनुसार नगरक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयका ५ कक्षासम्मका बालबालिकाहरुलाई नगरपालिकाको लोगोअँकित पेन्सिल र कपि दिई सामुदायिक विद्यालयमा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने नीति नगरपालिकाले लिएको उपप्रमुख बसेलले घोषणा गरेकी छन् ।बजेटले बालबालिकालाइ समेत समेटेकाे छ । सिमित बजेटका वीच पुराना कार्यक्रमहरुलाइ निरन्तरता दिदैँ गण्डकी प्रदेशमा पालुङटार नगरपालिकाले उत्कृष्ट कार्यक्रम ल्याएकाे छ ।
बुहारी शिक्षा, सिप र स्व–रोजगार कार्यक्रम जस्ता महत्वपूर्ण नीति तथा कार्यक्रमहरुलाई बजेट नीति तथा कार्यक्रम मार्फत नगरपालिकाले जोड दिइएको छ । सामुदायिक विद्यालयमा बालबालिका पढाएर गाउँघरमा बसेका बुहारीहरुकाे आर्थिक उपार्जनका लागि नगद अनुदान दिने कार्यक्रम नगरपालिकाले ल्याएकाे हाे ।
समुदायमा गएर नेपालकाे सँविधान अभिमुखिकरण गर्ने कार्यक्रमका लागि समेत बजेट विनियाेजन गरेकाे छ ।
गोरखाको पालुङटार नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि कुल ८४ करोड ५१ लाख ३१ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले नवौ नगरसभामा उक्त बजेट सार्वजनिक गरेकी हुन । बजेटमा बन्दाबन्दीका कारण रोकिएका क्रमागत बिकासका आयोजनाहरु निर्माण सम्पन्न गर्न प्राथामिकता दिएको छ ।
त्यस्तै नगरक्षेत्रको बिकास र सम्बृद्धिका लागि लगानीको वातावरण सिर्जना गर्ने, कृषि, स्वास्थ्य, शिक्षामा लगानी बृद्धि गरि नगरबासीमा परिवर्तनको अनुभूति गराउने बिषय बजेटको प्राथामिकतामा परेको उपप्रमुख बसेलले जानकारी दिनुभयो । नगरपालिकाले सार्वजनिक गरेको बजेटमा आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट उन्मुक्तिका लागि सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउने, स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्ने तथा कृषि उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउनले लक्ष्य लिएको छ ।
युवाहरुमा श्रम गर्ने बानीको बिकास गर्न “आइडिया तपाईको,लगानी हाम्रो ” भन्ने युवा लक्षित कार्यक्रम सञ्चालन गर्नेे, राज्यप्रतिको उत्तरदायी, विकास र समृद्धको सम्बाहक युवा निर्माण गर्न रणनीतिक नारा “ दुइ रुपिया राष्ट्रका लागि मेरो लगानी सदाका लागि“ भन्ने नाराका साथ युवा परिचालन नीति र तर्जुमा कार्यान्वयन गर्ने उपप्रमुख बसेलले घोषणा गरेकी छन् ।
कोरोना भाइरस कोभिड–१९ को महामारीको बढ्दो जोखिमसंग बिद्यालय स्तरमा बैकल्पिक शिक्षा नीति संचालन गर्ने, कोभिड–१९ नियन्त्रणको लागि कोभिड भ्याक्सिन ब्यबस्थापनमा पहल गर्दै कोभिड–१९ बिरामीहरुका लागि किट बक्स र पोषणको नीति नगरपालिकाले लिएको छ । नगरक्षेत्रलाई जातीय छुवाछुत तथा सामाजिक भेदभाव मुक्त नगरपालिका घोषणा गर्ने नीति समेत नगरपालिकाले लिएको उनले बताइन ।
शिक्षकहरुको पेशागत सुरक्षाका लागि कल्याणकारी कोष : पालुङटार नगरपालिकाले राहत, अस्थायी, बालकोटा शिक्षक, शिक्षिकाहरु र बिद्यालय कर्मचारीहरुका लागि कल्याणकारी कोषको स्थापना गरि राहत तथा अस्थायी शिक्षकहरुको पेशागत सुरक्षाको ब्यबस्था गर्ने घोषणा पनि गरेको छ






