पाेखरा । गण्डकी प्रदेशमा हाल ४ हजार ६ सय १९ जना कोरोनाका सक्रिय सङ्क्रमितहरु रहेका छन् । कुल १० हजार ६ सय ८८ जना संक्रमित भएकोमा ५ हजार ९ सय ३८ जना भने निको भइसकेका छन् । त्यसमध्ये ४ हजार ६ सय १९ जनामा सक्रिय केस रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कात्तिक ४ गते साँझसम्ममा १३१ जनाको कोरोनाले मृत्यू भइसकेको छ ।
गण्डकी प्रदेशमा ४ हजार ६ सय १९ जना सक्रिय केस रहेकोमा ३ हजार ४ सय ६४ जना होम आईसोलेसनमा बसेको स्वास्थ्य निर्देशनालयको वुलेटिनमा उल्लेख छ । त्यसमध्ये कास्कीमा सबैभन्दा धेरै २ हजार ६ सय २५ जना होम आईसोलेसनमा रहेको जनाइएको छ । कास्कीमा २ हजार ९ सय सक्रिय केस रहेका छन् । बाँकी कोभिड अस्पतालको आईसोलेसनमा रहेका छन् ।
नवलपरासी पूर्व ४ सय ३७ वटा सकृय केस रहेकोमा ४३१ होम आईसोलेसनमा रहेका छन् । तनहुँमा ३ सय ४७ वटा सकृय केस रहेकोमा २०१ जना होम आईसोलेसनमा रहेका छन् ।
गोरखामा ४ सय ४ वटा सक्रिय केस रहेकोमा १४३ जना होम आईसोलेसनमा रहेका छन् । पर्वतमा १ सय १० वटा सकृय केस रहेकोमा ५४ जना होम आईसोलेसनमा रहेका छन् । यसैगरी बागलुङमा १५७ वटा केस रहेकोमा १० जना होम आईसोलेसनमा रहेको वुलेटिनमा उल्लेख छ ।
होम आईसोलेसनमा नरहेपनि म्याग्दीमा ५२, लमजुङमा ९१, स्याङ्जामा ९३, मुस्ताङमा २६ वटा सकृय केस रहेका छन् । मनाङमा भने सकृय केस नरहेको स्वास्थ्य निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।






