गाेरखा । मिडिया एक्सन नेपालको आयोजनामा भ्रामक सुचना रोकथामका लागि डिजिटल मिडिया साक्षरता विषयक गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भर्चुल माध्यमको प्रयोग गरी भएको उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका मन्त्री, मन्त्री परिषदका प्रवक्ता कुमार खड्काले सुचना समाचारसँग मात्र समिति रहेकाले सहि सुचना प्रवाह हुन आवश्यक रहेको र यसका लागि सरकारले सहयाेग गर्ने बताएका छन् ।
मिडियालाई राज्यले नियन्त्रित गर्न नहुने उनको भनाई छ । मिडियालाई स्वतन्त्रता र स्वायत्त छोडनुपर्छ भन्ने पक्षमा प्रदेश सरकार रहेको उनले बताए । ‘हामी मिडियाका विज्ञहरुसँग छलफल गरी मिडिया मैत्री नीति ल्याउन र भएका नीतिहरुलाई परिमार्जन गर्दैछौँ’ खड्काले भने ।






