सूचना-प्रबिधि

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

 १४ असार, गाेरखा  ।  राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्म गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित सिरानचाेकमा भएको इतिहासविद् तथा संस्कृतिविद् प्रा. डा. जगमान गुरुङले बताउनुभएको छ। सिरानचाेकाे कुन गाउँ हाे तपाइँहरुलाइ थाह छ नै मैले बताउनुपर्दैन । सिरानचोक गाउँपालिका–६ अमरपुरस्थित अमरसिंह थापा पार्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले गहिरो ऐतिहासिक अध्ययनका आधारमा अमरसिंह थापाको जन्मस्थल सिरानचाेक नै रहेको निष्कर्षमा पुगेको बताउनुभयो। [caption id="attachment_22712" align="alignnone" width="800"] वगाले थापा समूह सामूहिक तस्वीरमा । तस्वीर राजेन्द्र न्याैपाने[/caption] उहाँका अनुसार अमरसिँह थापाकाे जन्म स्थल सिरानचोकभित्र… पुरा पढौ

अजिरकाेट,भिमसेनथापा र वारपाक सुलिकोट गाउँपालिकाको गाउँ सभा सम्पन्न

६ असार, गोरखा ।  गाेरखा जिल्लाका तीनवटा पालिकाकाे गाउँसभा सम्पन्न भएकाे छ । अजिरकाेट, बारपाक सुलिकाेट र  भिमसेनथापा गाउँपालिकाको  सभा सम्पन्न भएकाे छ । भिमसेनथापा गाउँपालिकाको  १८औँ गाउँसभा अधिवेशन गाउँपालिका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष लोक प्रसाद बञ्जाराको सभाध्यक्षतामा गाउँपालिकाको भिमसेनथापा सभाहलमा सम्पन्न भएको छ । (more…) पुरा पढौ

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने अधिकांश महिलाले गर्भावस्थाको प्रारम्भिक स्वास्थ्य सेवा लिए पनि मातृ स्वास्थ्य सेवाको पूर्ण चक्र पूरा गर्नेको संख्या न्यून पाइएको छ। (more…) पुरा पढौ

धार्चे गाउँपालिका दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

१३ वैशाख, गोरखा । धार्चे गाउँपालिका गोरखाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राक स्थित मनिकाङ डाँडामा कार्यक्रम भएको थियो । (more…) पुरा पढौ

पत्रकारितामा एआई प्रयोगलाई व्यवस्थित बनाउन गोरखामा नौ बुँदे प्रतिबद्धता जारी

गाेरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई व्यवस्थित, जिम्मेवार र नैतिक बनाउने उद्देश्यका साथ नौ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ। पत्रकारितामा बढ्दो प्रविधि प्रयोगसँगै देखिन थालेका चुनौती र सम्भावनालाई ध्यानमा राख्दै महासंघले यस्तो प्रतिबद्धता सार्वजनिक गरेको हो। महासंघको आयोजना तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेश र अजिरकोट गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको ‘पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग र क्षमता अभिवृद्धि’ सम्बन्धी दुई दिने तालिमको अवसरमा उक्त प्रतिबद्धता पत्र जारी गरिएको हो। तालिममा सहभागी पत्रकारहरूलाई… पुरा पढौ

राष्ट्रिय अपाङ्ग महासंघ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा अमरबहादुर गुरुङ निर्वाचित

गाेरखा ।  राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औं महाधिवेशनले देवीदत्त आचार्यको अध्यक्षतामा ३५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले आगामी तीन वर्षमा कार्यान्वयन गर्ने गरी ३८ बुँदे बुटवल घोषणा–पत्र पनि जारी गरेको छ । (more…) पुरा पढौ

चुमनुब्री गाउँपालिकामा कर सम्बन्धी सेवा सुचारु

२३ पुस, गोरखा । गोरखा जिल्ला स्थित हिमाल पारी रहेका गाउँपालिका चुमनुब्री गाउँपालिकामा आजबाट कर सेवा सुरु भएको छ ।  नेपाल सरकारको कार्तिक १७ गतेको मन्त्रीपरिषद बैठकले कर सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको थियो । पालिकाबाट नै सेवा प्रदान गर्ने गरी आज बुधबारबाट  आन्तरीक राजश्व कार्यालय दमौलीका  प्रमुख कर अधिकृत नारायण प्रसाद भण्डारी र चुमनुब्री गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने वीच समझादी पत्र (MOU) मा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षर भएलगतै आज बाट नै सेवा सुचारु… पुरा पढौ

फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मीको मनोबल उच्च : मन्त्री खरेल

गोरखा, १४ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरूको मनोबल उच्च रहेको बताउनुभएको छ। विभिन्न राजनीतिक परिवर्तनका चरणमा सम्पन्न भएका सबै निर्वाचन सुरक्षाकर्मीहरूको प्रभावकारी सुरक्षा व्यवस्थामै सम्पन्न भएको उल्लेख गर्दै उहाँले यसपटक पनि कुनै शंका नरहेको स्पष्ट पार्नुभयो। (more…) पुरा पढौ

मङ्सिर १७ गतेदेखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा क्यान इन्फोटेक हुने

पोखरा । पोखरामा यही मङ्सिर १७ देखि नेपाल मणिपाल अस्पताल ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक–२०८२ हुने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखरा प्रदर्शनी केन्द्र, नयाँ बजारमा ६ दिन उक्त मेला हुने भएको आज (मङ्गलवार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । (more…) पुरा पढौ

संविधानको धारा ६१ (४) अनुसार शुसिला कार्की प्रधानमन्त्री नियुक्त हुने, सपथ ग्रहण आजै

२७ भदौ, काठमाडौं । ’संविधानको धारा ६१ (४) अनुसार आज राष्ट्रपतिले पुर्वप्रधानन्यायधिश सुसिला कार्कीलाई प्रधानमन्त्री नियुक्ती गर्नुहुने भएको छ । उक्त धारामा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ । विषम परिस्थितिमा यहि धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त हुन सक्ने अधिवक्ता अमर गुरुङले बताउनुभयो । संविधानको पालनकर्ता र संरक्षकका हिसाबले प्रधानमन्त्री नियुक्त गरेको छु भन्ने भाषा लेखेर नियुक्ती पत्र दिन सकिने गुरुङको भनाई छ । (more…) पुरा पढौ