असोज ६ काठमाण्डौं । आगामी मंसिरको अन्तिम साता काठमाण्डौंमा रोवर्टको घम्सा–घम्सी हेर्न पाइने भएको छ । इञ्जिनियर भ्लग्स अर्गानाइजेसनको आयोजनामा आगामी मंसिर २३ र २४ गते काठमाण्डौंमा आयोजना हुन लागेको बृहत् इञ्जिनियरिङ एक्सपोमा यस्तो घम्सा–घम्सी हेर्न पाइने भएको हो । काठमाण्डौंको कलंकीस्थित एड्भान्स इञ्जिनियरिङ कलेजमा २ दिनसम्म चल्ने एक्पोमा आकर्षणका रुपमा रोवर्ट वार , रोवो सकर र ईन्जिनियरस नाइट साङ्गितिक कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष आषुतोष कर्णले जानकारी दिए । यसका साथै प्रर्दशनीमा कम्प्यूटरको सफ्टवेयरसम्बन्धी सुरक्षा ह्याक्याफन, विभिन्न कलेज तथा…
पुरा पढौ