काठमाडौँ, १० जेठ । हिरासत भित्रै आफु शुरक्षित नभएको भन्दै आफ्नो जिउको रक्षार्थ गोरे कहिले रुने कहिले हाँस्ने तथा मृत्यु देखी डराएर आँफै आत्म समर्पण सम्म गरेको गोरे ३३ केजी मात्र नभई ३८ क्विईण्टल सम्म सुन तश्किरी भएको असरल्ल र दबदबे हिलो भित्र को को छन त ?
आखिर कस्ले मार्न खोज्दै छ गोरेलाई !
शुरक्षार्थ खटिने शुरक्षा अधिकारी ? या सुन काण्डकै माउ ?
को को छन कहाँ छन कसैलाई पत्तो छैन माछा समातिएका छन तर बाम माछो कुन दुलोमा र कहाँ छ कसैलाई सुईँको सम्म छैन । हिजो मात्र गोरेलाई करिब छ घण्टा भन्दा बडि बयान लिईयो मोरङको जिल्ला अदालतमा भने त्यो बयान लिने क्रममा बाहिरि मान्छेलाई प्रबेशमा रोक लगाईयो ,सम्बन्धित मुद्दाका वकिल एकजना कर्मचारी तथा न्यायाधीश बाहेकलाई इजलाशमा कसैलाई छिर्न दिइएको थिएन । तर नियमित तालिका अनुसार निकालिएका मुद्दाका पेशीहरुमा भने बहस भई नै रहेका थिए ।
बयानका क्रममा गोरेले आफ्नो सुरक्षाको माग गरे । गोरेले प्रहरी हिरासतमा मानव अधिकार निगरानीको माग गरेका छन् । प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै आफ्ना वकिल मार्फत जिल्ला अदालत मोरङमा मानव अधिकार निगरानीको माग गर्दै निवेदन दिएका हुन् । आखिर बयानमा के के सोधियो अनि गोरेले के भन्यो त्यो कतै चुईक्क सम्म थाह भएन ।बयानको क्रममा कतै कस्को नाम आउने हो कि भनेर कहीँ कतैबाट बाम माछाको नाम त आउने होईन भनि कुनै दुलोबाट पक्कै बाम माछाले चिहाएको हुनु पर्छ।
आखिर शुरक्षा घेरा भित्र या भनौँ जेल जस्तो शुरक्षीत ठाउँमा गोरेले जिबनरक्षार्थ किन अपिल गरिरहेको छ रुकतै केही पक्कै छुटेको छ रत्यो सबै सामु खुलेर आउनु पर्छ र आम जनताले यो तश्करीको जालोको मुख्य मान्छे चिन्न पाउनु पर्छ ।





