आँखामा गाडिएको हँसिया शल्यक्रियापछि निकालियो

शनिबार, कार्तिक १०, २०७५
0
176

भद्रपुर : घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ ।

दशैँ मनाउन पथरी शनिश्चरे–३ स्थित मावलीघर आएका बेला साथीसँग रहरले घाँस काट्न जाँदा चिप्लिएर लड्दा यही कात्तिक ५ गते उनको दाहिने आँखाको तल्लो भागमा धारिलो हँसिया गाडिएको थियो । डेढ घण्टाभित्रै अस्पताल ल्याइएकी अंशुको जटिल शल्यक्रिया गरी आँखा सकुशल जोगाएर हँसिया निकालिएको उपचारमा सलग्न डा धिरज गिरीले बताउनुभयो ।

“अलिकति तलमाथि भएको भए आँखा गुम्न सक्थ्यो”, डा गिरीले शुक्रबार पत्रकार सम्मेलनमा भन्नुभयो, “मेरो नेतृत्वको चिकित्सक टोलीले अस्पतालमा भएका अत्याधुनिक उपकरणको प्रयोग गरेर अत्यन्तै कुशलतापूर्वक उनको उपचार गर्न सफल भयौँ।”
अस्पतालले उपचार पूरा भएपछि शुक्रबार नै उनलाई घर पठाएको छ । अंशुको दाहिने आँखाबाट घोपिएको हँसिया देब्रे आँखासमेत भेट्ने गरी फसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here