आज १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

आइतवार, साउन ३२, २०७७
0
325
दोरम्वा हत्याकाण्डमा शहादत प्राप्त गर्नुभएका २१ जना नागरिकहरुको स्मृतिमा निर्माण गरिएका प्रतिमुर्ती । तस्वीर मनोज श्रेष्ठ, इटहरी

गोरखा ३२, साउन । जनयुद्धमा राज्यसत्ताद्वारा मच्चाइएका अत्यन्त क्रूर, बीभत्स र बर्बर हत्याकाण्डहरूमध्येको पनि क्रुर हत्याकाण्डका रूपमा दोरम्बा हत्याकाण्ड परिचित छ ।
२०६० साल साउन ३२ गते तत्कालीन नेकपा ९माओवादी० र शाही सरकारबीच युद्धविराम भएर दाङको हापुरेमा शान्तिवार्ता चलिरहेको समयमा शाहीसेनाले अचानक र अनाहकमा रामेछाप दोरम्बामा एरियास्तरको बैठक बस्ने तयारी गर्दै गरेका नेकपाका क्षेत्रीय, जिल्ला र एरियास्तरका नेता–कार्यकर्तालाई घेराउ गरी कसैलाई बैठक स्थलमै गोली हानेर र अधिकांशलाई हात बाँधेर करिब डेढ घन्टाको बाटो माथि डाँडाकटेरी पुर्याई लाम लगाएर पालैपालो कन्चटमा गोली हानी बर्बर हत्या गरेको थियो ।

रामेछाप, दोरम्बा डाँडाकटेरीमा तत्कालीन शाही सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा ९पुष्प०, अम्बिका दाहाल (ललिका), उमा कार्की (सहारा), विष्णुमाया थापामगर (बिमा), विमला, उषा, रक्तिम, हर्कबहादुर तामाङ (यथार्थ), रवि चौहान (समीर), श्याम तामाङ (इन्क्लाब), पदमराज गिरी (असल), ठूलोराम तामाङ (छोक्पा), सानोराम तामाङ (तारा), लक्ष्मण तामाङ (छायाँ), जमिन, सोम, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर (विवेक), चतुर्मान थामी (समर) सहित २१ जनाको बर्बरतापूर्वक हत्या भएको थियो ।

घटनास्थलबाट घेरा तोडी बाँचेकाहरुका अनुसार गिरफ्तार नेता–कार्यकर्ताहरु महान् जनयुद्धको अभीष्ट पूरा गर्ने लक्ष्यका साथ अन्तिम समयसम्म आफूहरू बलिदान दिएर पनि जनयुद्धलाई धोका नदिने निष्कर्षमा पुगेका थिए । जीवनको भिक मागेको भए उनीहरूले व्यक्तिगत जीवन बाँच्न पाउने सम्भावना थियो तर उनीहरूले वर्गसङ्घर्षका सामु त्यसलाई त्यागिदिए र सहिद भए ।
आज तत्कालीन शाहीसत्ताले मच्चाएको कुख्यात दोरम्बा हत्याकाण्डको स्मृति दिवस हो । रामेछाप जिल्लाको पश्चिमी भूगोलमा पर्ने दोरम्बा डाँडाकटेरीको उच्च पहाडी भूभागमा २०६० साल साउन ३२ गते शाही सत्ताको सैनिक मेजर राममणि पोखरेल नेतृत्वमा खटिएका शाही सेनाले सरकार–माओवादीबीच दाङको हापुरेमा संविधानसभालाई केन्द्र बनाएर भइरहेको वार्ता भङ्ग गर्ने उद्देश्यले निहत्था र निर्दोष माओवादी नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी हात बाँधेर घिस्याउँदै लाम लगाएर बीभत्स र क्रूर तरिकाले हत्या गरेका थिए । (साभार नागरिक सवाल डटकम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here