दुख धाउँछ झुपडीमा , सुख हो खास नआउने (गजल)

मङ्लबार, भदौ ९, २०७७
0
248
विजय रानाभाट

दुख धाउँछ झुपडीमा , सुख हो खास नआउने

भगवान तँ नै हैनस् र धनी गरिव जन्माउने

 

एक तिमी छौ मिलन पनि जिन्दगीको अन्त्य ठान्ने

अर्को म छु बिछोडमा पनि उत्सव मनाउने

 

बहाना केही नभएसी यसै मुस्कुराउँछु अचेल

दुख लाग्छ छन् केही यहि पनि नपचाउने

 

म हारेरै पनि खुशीसाथ हिँडिराछु हेर

खोइ किन हो जित्दा पनि तिमी नमुस्कुराउने

 

तिमी पनि आउ एउटा पिडा थपी जाउ मलाई

छैन, लासलाई थपेको एउटा दाउराले बढी दुखाउने

विजय रानाभाट , तनहुँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here