मुक्तक १
छैनन् बुझिदिनेहरू कसलाई सुनाउनु ?
नसुनाउनै ठिक छ बरु कसलाई सुनाउनु ?
स्वयम आमाले नै छाउ गोठमा पठाए पछि
छाउ गोठको पीडा अरु कसलाई सुनाउनु ?
मुक्तक २
लाग्छ मरिने पो हो कि कति बाचुँला र ?
यस्तै सोच्छु आजभोली कति बाचुला र ?
हासिखुशि बाच्नु तिमि मलाई बिर्सिएर
म त परेँ दिलको रोगि कति बाचुँला र?
मुक्तक ३
नसोचेरै इज्जत जाला गल्ती गरेकी हुँ
चिन्न नसकेर उस्को चाला गल्ती गरेकी हुँ
जुत्ताको माला बनाएर लगाउन पर्नेलाई
लगाउन खोजी बरमाला गल्ति गरेकी हुँ ।।
मुक्तक ४
सकियो कि लगानी कहाँसम्म पुग्यो ?
हजुरहरुको मनोमानी कहाँसम्म पुग्यो ?
चाईना बाट रेल कहिले आउँछ सरकार
मेलम्चिको पानी, कहाँसम्म पुग्यो ?
मुक्तक ५
तिता मिठा याद हरु को सम्झना रहेछ
पाउनै नसकिने चिजहरुको तिर्सना रहेछ
को सङ्ग, कहाँ, कसरी हुन्छ थाहै नहुने
प्रेम पनि एकप्रकार को दुर्घटना रहेछ।
भावना भट्ट, नुवाकाेट






