मुक्तक १
मायाको दाग छ मुटुमा असर छ अरु के भनौ
सधै खुसी भएको देख्ने रहर छ अरु के भनौ
तिमीले मलाई बीच सफरमै छोडेर गए देखि
जिन्दगी बेहाल छ बेखबर छ अरु के भनौ।
मुक्तक २
सारा दु:खपिरहरु भुलाइ निदाउन मन छ
ढुक्क सँग अडेस लगाई निदाउन मन छ
मर्ने बेला एक पल्ट बाआमाको मुख हेरेर
तिम्रो छाती सिरानी बनाई निदाउन मन छ
मुक्तक ३
केही दिन चाहन्छु र केही लिन चाहन्छु।
फुर्सदिलो भइयो काममा खटिन चाहन्छु
सरकार केहि रोजगारीको बाटो देखाइदे,
म आफ्नो खुट्टामा आफै उभिन चाहन्छु
मुक्तक ४
राखेर मुटुको कुना कुनामा भुल्नु हुँदैन
सम्झिनु पर्छ बेला बेलामा भुल्नु हुँदैन
परिस्थितिले जहाँ पुर्याए, जे गरे पनि।
देश र जन्मदिने बाआमा भुल्नु हुँदैन
मुक्तक ५
सोचेको भन्दा फरक जिन्दगानी भयो।
सँगै बसि रमाउने सपना खरानी भयो।
हरेक दिन यहि सोच्दी हुन मेरि प्रियाले
मलाई भित्र्याएर आफू मुगलानि भयो।
गगन धामी गम्भीर
दुर्गाथली गा. पा ६ बझाङ, हाल भारत






