दिनेश धामीका पाँच दमदार मुक्तकहरू

मङ्लबार, भदौ १६, २०७७
0
299

मुक्तक १

हुन त आफ्नो मान्छेको भर, सबैलाई हुन्छ

अरुको साथमा देख्दा असर, सबैलाई हुन्छ

बाटोमै हिँडिरहेकाहरूले पनि बाटो सोध्छन्

धोका पाइन्छ कि?भन्ने  डर,सबैलाई हुन्छ।

मुक्तक २

मेरो आफ्नो सर्कलमा आफ्ना मान्छे छन्

कमि छैन दल बलमा आफ्ना  मान्छे छन्

अलि  अलि  राजनीति  सिक्नै  पर्ने भयो

माथि मन्त्री मण्डलमा आफ्ना मान्छे छन्।

मुक्तक ३

तेरै छ आस,अनि तेरै छ,भर भगवान

माग्छु आज तँसँग एउटा वर भगवान

मात्तिएर  कतै म, मान्छे  बन्न भुलुँला

बेला  बेलामा दु:ख दिँदै गर भगवान।

मुक्तक ४

कहिले काँडा कहिले फूल  यिनै शब्द हुन्

समय अनुकूल र प्रतिकूल  यिनै शब्द हुन्

यिनै शब्दले हो आज  हाम्रो दूरी बढाएको

हिजो हामीलाई जोड्ने पुल यिनै शब्द हुन्

मुक्तक ५

कहिल्यै नदुखेको मन कसको छ र?

मुटु नजलेको दन दन कसको छ र?

अचेल  यहि  सोचेर चित्त बझाउँछु

चाहेको जस्तो जीवन कसको छ र?

 

दिनेश धामी

केदार स्युँ गा. पा वडा नं.७ जसुडा बझाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here