बाढीपहिराेका कारण घ्याच्योकमा १३ लाख भन्दा धेरै क्षति

सोमवार, भदौ २२, २०७७
0
206

भदाै २२ गाेरखा ।

गएराति परेकाे अविरल वर्षाका कारण जिल्लाको अजिरकोट गाउँपालिका वडा नं. १ स्थित घ्याच्योकमा रहेकाे श्री दरौदी बहुउद्देश्यीय कृषक समूहको कृषि तथा पशुपन्क्षि पालन केन्द्रमा धेरै क्षति पुगेकाे छ । बाढीका कारण १३ लाख १५ हजार रुपैयाँ बराबरकाे क्षती भएकाे गाउँलेहरुले बताएका छन् ।

फर्ममा बाँकी रहेका केही कुखुराहरु । तस्वीर वीर बहादुर गुूरुङ ।

घ्याच्चाेक स्थित सिउँसि बगरमा रहेकाे कुखुराकाे टहरा, बास बस्ने घर, ३५ दिन पुरा भएका ४५० कुखुरा,  ३ वटा माछा पाेखरी , कुखुराका लागि राखिएकाे दाना, कृषि उपकरणहरु,  बाख्राकाे खाेर,  खानेपानि ट्याङ्की,  खाद्यान्न लगायतका सामग्रि बाढिपहिराेका कारण नष्ट भएकाे साेही स्थानमा घर भएका शिक्षक वीर बहादुर गुरुङले बताए ।

फर्म राती बाढि आएपछि फर्म काम गर्ने तीन जनाले भागेर ज्यान बचाएका थिए । बाढिपहिराेका कारण १४ लाखकाे क्षति भएकाे छ । सहकारीका सदस्यहरु स्थानिय गाउँलेहरुकाे बैठकले क्षतिकाे विवरण सार्वजनिक गरेकाे छ ।

हेर्नुहाेस क्षति विवरण

पेज नम्वर १
पेज नम्वर २
पेज नम्वर ३

गाउँमुनि रहेकाे खाेलामा प्रत्येक वर्ष पहिराे जाने गरेकाे स्थानीय गाउँलेहरुले बताएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here