पाँच मुक्तक

सोमवार, भदौ २२, २०७७
0
181

मुक्तक १
साच्चै, पाथी पुग्दैन~उब्जाउ माना पुग्दैन।
छैन बास कठ्ठै, जग्गा एक ~आना पुग्दैन।
उन्मुलन घोषणा गरेर मात्र हुन्छ र हजुर?
हलिया नबसी बस्त्र पुग्दैन~ खाना पुग्दैन।
मुक्तक २
न्यायालय रोज्दैन, अनि सरकार रोज्दैन।
कानुनी सर्वोच्चताको आधार रोज्दैन।
जब अभियुक्त फर्किन्छ नि म्यादै नकटाइ
समाजले मृत्युदण्ड रोज्छ, कारागार रोज्दैन।
मुक्तक ३
साच्चै, पाथी पुग्दैन~उब्जाउ माना पुग्दैन।
छैन बास कठ्ठै, जग्गा एक ~आना पुग्दैन।
उन्मुलन घोषणा गरेर मात्र हुन्छ र हजुर?
हलिया नबसी बस्त्र पुग्दैन~ खाना पुग्दैन।
मुक्तक ४.
टाढिने मान्छे मै अधिकार होस लागिरहन्छ सधैं।
प्रेमिका राधा कै अवतार होस लागिरहन्छ सधैं।
दुनिया यो चटट्टै भुलु, हराउँ माया भित्र भित्रै,
फिल्मी ~शैली मै प्यार होस लागीरहन्छ सधैं ।
मुक्तक ५
मिल्दैन शब्दमा लेखेर देखाउन मिल्दै मिल्दैन।
र त एकचाेटि मरेर देखाउन मिल्दै मिल्दैन।
भन्छौ सधै तिमी मलाइ माया गर्दैनौ भन्छौ
हातमा मुटु झिकेर देखाउन मिल्दै मिल्दैन ।।

जनक सिग्देल
घिरिङ गा पा १, तनहुँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here