लिगलिगकोट–सिरानचोक कोट–गोरखा दरबार म्याराथुन दौड प्रतियोगिता स्थगित

बिहिबार, भदौ २५, २०७७
0
211

भदाै २५ गाेरखा । 

गोरखामा यो बर्ष लिगलिगकोट–सिरानचोक कोट– गोरखा दरबार म्याराथुन दौड प्रतियोगिता नुहने भएको छ । गत बर्षदेखि नेपाली सेन रणसिंह दल गोरखाद्धारा संयुक्त रुपमा सुरु आयोजना गर्न थालिएको म्यारथुन दौड प्रतियोगिता कोरोना भाइरस ९कोभिड १९० को संक्रमणको उच्च जोखिमका कारण यो बर्ष स्थगित भएको गोरखा नगरपालिकाले जनाएको छ ।

नगरपालिका प्रमुख राजनराज पन्तले बिहिबार एक सूचना जारी गर्दै गत बर्षदेखि सुरु गरिएको प्रतियोगिता कोरोना संक्रमणका कारण यो पटक आयोजना गर्न नसिकएको जनाइएको छ । गतबर्षदेखि भदौं २५ गते लिगलिगकोट–सिरानचोक कोट– गोरखा दरबार म्याराथुन दौड प्रतियोगिता गर्न थालिएको थियो ।

हेर्नुहाेस विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here