भदाै २५ गाेरखा । गोरखामा कोरोना संक्रमितलाई सम्बन्धित पालिकाबाट आइसोलेसनसम्म पुर्याउदा लापरवाहि हुने गरेको पाइएको छ । संक्रमितलाई आइसोलेसनसम्म लैजाने क्रममा संक्रमितले बस्ती क्षेत्रमा समेत जथाभावी थुक्ने तथा बान्ता गर्ने गरेपछि गोरखा नगरपालिका–५ खिरेपानी, बतासेटोल लगायतका क्षेत्रका बासिन्दा त्रसित बनेका हुन् ।
बुधबार जिल्लाको भीमसेन थापा गाउँपालिका कोरोना संक्रमित बिरामीलाई गोरखा क्याम्पसको आइसोलेसनसम्म लैजाने क्रममा एम्बुलेन्सबाट टाउको निकालेर संक्रमित व्यक्तिले बतासेचोकदेखि खिरेपानी क्षेत्रका बिभिन्न ठाउँ बान्ता गर्दै गएपछि त्यसबाट कोरोना सर्न सक्ने भन्दै स्थानीयबासीहरु त्रसित भएका हुन् ।
‘कोरोना संक्रमितले एम्बुलेन्सबाट टाउको निकालेर भुमिट गराउदै लैजाने गरिएको छ , स्थानीबासी हेमराज ढकालले भने, ‘यसरी जथाभावी भुमिट गर्ने, थुक्ने गर्दा स्थानीबासीमा कोरोना सर्ने त्रास बढेको छ ।’ उहाँले एम्बुलेन्समाा संक्रमितलाई लिएर आउदा भित्रै प्लास्टिक लगाएका अन्य सामान्य व्यवस्था पनि गर्न नसक्दा सडक क्षेत्रका स्थानीयबासी त्रास भोग्नु परेको बताए ।
भदौ २१ गते गोरखा नगरपालिका भित्रकै कोरोना संक्रमितलाई पनि गोरखा क्याम्पसको आइसोलेसनमा लैजाने क्रममा बस्ती क्षेत्रका बाटोमा जथाभावी बान्ता गर्ने थुक्ने गरेपछि त्यसलाई रोक्न वडाध्यक्षलाई गुहार्नु परेको थियो । ‘हाम्रो भनाई बिरामीलाई एम्बुलेन्स राख्दा खेरी नै सवै कुरा सिकाएर गर्नुपर्छ भन्ने हो, उनले भने, झ्यालहावाका लागि मात्र खोल्न दिनुपर्छ पर्छ, अस्ति पनि त्यस्तै भयो, आजपनि हुँदा खेरी पुरै स्थानीयबासी त्रसित बनेका छन् ।
सामान्य कुरामा पनि चालक र बिरामी पठाउने स्थानीय तहले ध्यान पु¥याउन ति टोलका नागरिकहरुलाई सडक क्षेत्रमा घर बाहिर निस्कन समेत डर भएको बताउँछन् । ‘कम्तीमा एम्बुलेन्स भित्र प्लास्टिकको व्यवस्था गर्ने, अलि ढिलो चलाउने मात्र हो भने पनि त्यो समस्या नहुन सक्छ, एक स्थानीयले भने, ‘संक्रमित भनेपछि बाटोसाटो ८० को गतिमा दौडाउने गर्छन त्यसले दुर्घटनाको खतरा छदैछ, संक्रमितले पनि सास्ती पाइरहेका छन् ।’
बान्ताबाट कोरोना सर्छकी सर्दैन के भन्छन् चिकित्सक ? चिकित्सकहरुले भने संक्रमितको बान्ताबाट पनि अन्य व्यक्तिमा कोरोना सर्ने सम्भावना हुने बताउछन् । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.नविन थापाले संक्रमित व्यक्तिले गरेको बान्तका छिटा, खकार लगायत अर्को व्यक्तिको नाक, मुख, आँखा लगायतका ठाउँमा परे संक्रमण सर्न सक्ने जोखिम बढि हुने बताए । ‘मुख्य गरि नाकबाट आउने हाछ्यु मुखबाट आउने खोकीबाट बढी मात्रामा कोरोना सर्न सक्ने सभ्भावना हुन्छ, उनले भने:, दिसा, पिसाव, भुमिटमा पनि कोरोना भाइरसको जिवाणु देखिएको भेटिएको भन्ने रिसर्चमा देखिएको छ, डब्लु एचओले त्यो भनेको छ ।’ बान्ता गरेको तथा थुकेका बेला त्यही नजिक एकदेखि डेढ मिटरको दुरीमा मान्छे छ भने सर्ने सम्भावना हुन्छ ।‘
बाटोमा भुमिट गर्यो भने अर्को मान्छेलाई सर्ने होइन, अर्को मान्छेले भुमिट नै चलाएर, त्यही भुमिट व्यक्तिको आँखा नाक र मुखको सम्पर्कमा आयो भने चाहि हुन सक्न कि भन्ने हो ।’ डा थापाले मुखबाट आउने चिज भएकाले त्यसबाट कोरोन सर्दैन भन्न सक्ने अबस्था पनि रहेको बताए । डा. थापाले त्यस्ता ठाउँमा डिस इन्फेक्सन गर्नुपर्ने बताउँछन् ।
आइसोलेसनसम्म पुर्याउदाको जिम्मेवारी कसको ? गोरखा क्याम्पसमा निर्माण गरिएको ७६ बेड क्षमताको आइसोलेसनमा जिल्लाका अधिकांस स्थानीय तहका बिरामीहरुलाई ल्याएर उपचार गर्ने गरिन्छ । अहिले आइसोलेसनको सवै जिम्मा गोरखा अस्पतालले लिएको छ । तर संक्रमितहरुलाई आइसोलेसनसम्म ल्याउन कसरी ल्याउछन् के गर्छन भन्ने कुरा सम्बन्धित स्थानीय तहको भएको गोरखा अस्पताल सञ्चालक समितिका सदस्य गोर्वद्धन श्रेष्ठले बताए । ‘आइसोलेसनमा ल्याएर भर्ना गरेपछिको सवै जिम्मेवारी अस्पतालकाे हुन्छ, उनले भने ‘तर आइसोलेसनसम्म ल्याउँदा जसले ल्याउछ उसले गर्नुपर्छ ।’
काेराेना विरामी बाेक्नुपर्ने अवस्थामा एम्वुलेन्स विग्रिएकाे,चालक विदामा बसेकाे भन्दै एम्वुलेन्स सञ्चालकहरुले असहयाेगकाे आशय राख्न खाेज्छन बलकरै बाेलाएर ल्याउनुपर्छ, ढिलाे चलाउँदा काेराेना भाइरस आफूतिर आउला भनेर स्पिड गर्छन हामीले के गर्ने ? , एक पालिका सदस्यले भने । बाटाे अनुसार कसरी विरामी बाेक्ने एम्बुलेन्स चलाउने भन्ने तालिम दिने निकाय चालकलाइ अभिमुखिकरण गर्नुपर्ने र स्वास्थ्यकर्मीले विरामीकाे साधारण चेकजाँच गरेर बान्ता गर्ने समस्या समाधान गर्नुपर्ने उनकाे भनाइ रहेकाे छ । अक्सिजन लगायतका स्वास्थ्य सामग्री एम्बुलेन्समा अनिवार्य हुनुपर्छ बान्ता गर्ने प्लाष्टिक राख्न पनि सक्दैनन एम्बुलेन्स सञ्चालकहरु भन्दै उनले प्रति प्रश्न समेत गरे ।





