दुखै दुखले भरिनुपर्ने रहेछ!खुसिहरु पाेखिनुपर्ने रहेछ!
जिन्दगि बुझ्न एकछिन मात्रै चिहानमा राेकिनुपर्ने रहेछ!
हुन्छ सबैकाे गन्तव्य अलग अलग !बाटाे एउटै हुँदा पनि!
फेरि भेट हुने मनमा आस राख्दै यात्रिहरु छुट्टिनुपर्ने रहेछ!
बहुत हिम्मत जुटाउन सक्नुपर्छ !आफुले आफैलाइ बर्बाद गर्न!
एकपटक मायामा डुव्न !पटक पटक भावनामा पाैडिनुपर्ने रहेछ!
अतीत आचार्य
देवचुलि -१३ ,नवलपरासि






