भदाै २७ गाेरखा ।
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइले काेराेनाले धनी र गरीब नभन्ने बताएका छन् । काठमाण्डाै जिल्ला प्रशासनले फुटपाथ पसलहरु मापदण्ड पुर्याएर सञ्चालन गर्न दिने बताएका थियाे तर काठमाण्डाै महानगरपालिकाले भने भाटभटेनी र सुपरमार्केटहरु मात्रै खाेल्न दिने बताइरहेका बेला भट्टराइले सामाजिक सञ्जाल ट्विटरबाट उक्त सन्देश दिएका हुन ।
प्रारम्भिक शहरीकराण र औद्याेगीकरण भैरहेकाे नेपाली समाजमा फुटपाथ पसल र ठेला व्यापार अभिन्न अङ्ग भएकाे बताएका छन् । यिनलाइ हटाउने भन्दा पनि व्यवस्थापन गर्ने र क्रमश: अन्य व्यवसायमा रुपान्तरण गर्दै जानुपर्ने बताएका हुन् ।
भाटभटेनीकाे भीड भाडमा काेराेना नलाग्ने तर फुटपाथ र ठेला पसलमा लाग्ने भन्ने हुँदैन । सबैतिर मास्क लगाउँ , दुइ मिटरकाे दुरी कायम गराैँ, बेला-बेलामा साबुनापनीले हात धाेउँ,काेराेनासँगै बाँच्न सिकाैँ भन्दै उनले सन्देश दिएका छन् ।






