प्रविधिबाट ज्ञानकाे हस्तान्तरण हुनुपर्छ : मन्त्री थापा

शनिबार, भदौ २७, २०७७
0
260

भदाै २७ गाेरखा ।

गण्डकी प्रदेशका भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापा मगरले अहिलेकाे विषम परिवेशमा प्रविधिबाट ज्ञानकाे हस्तान्तरण हुनुपर्ने बताएका छन् ।

जिल्लाकाे शहिद लखनगाउँपालिकाले शिक्षकहरुलाइ दिएकाे प्रविधिमैत्री तालिमकाे समापान कार्यक्रमलाइ सम्बाेधन गर्दै थापाले उक्त कुरा बताएका हुन् ।

सबै विद्यालयमा इन्टरनेट सुविधा पुर्याउन सरकार लागिरहेकाे छ । थाेरै विद्यार्थीहरु भएका स्थानमा भाैतिक दुरी कायम गरेर पठनपाठन गर्नगराउन सकिन्छ ।

एक वर्षकाे सिकाइलाइ ६ महिनामा कसरी सक्ने भन्ने विषयमा पाठ्यक्रमलाइ कस्टाेमाइज गरेर लैजानुपर्ने उनले बताए । काेराेना सङ्क्रमण नभएका स्थानमा पालिकाहरुले सिकाइ प्रक्रिया अघि बढाउनुपर्छ, उनले भने।

सबै शिक्षकहरु प्रविधिमैत्री हुनुपर्छ, शहिद लखनले पालिका भरीका झण्डै ३०० शिक्षकहरुलाइ १० दिन सम्म जुन ज्ञान सीप प्रदान गर्याे त्याे प्रशँसनीय छ भन्दै उनले भद्दा पाठ्यक्रमलाइ छाेटाे बनाइ सिकाइ अघि बढाउनुपर्ने बताए ।

तालिमकाे सहजिकरण प्रविधिमैत्री शिक्षक समाज गाेरखाले गरेकाे शहिद लखन गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।

पालिकाले साक्षरता दिवसकाे अवसर पारेर भदाै २३ गतेदेखि कक्षा ११ र १२ काे पढाइ सूचनाप्रविधि मार्फत सुरु गरिसकेकाे प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here