मुक्तक १
आँगनीबाट मेरो लासलाई” उठाउँदा नरुनु !!
मेरो छाती माथी तिम्रा चुरा फुटाउँदा नरुनु!!
जसोतसो “छोराछोरी” सम्हालेर बस्नु प्रिया !!
मलाई त्यो बाँसको घारामा दगुराउँदा नरुनु !!
मुक्तक २
नयाँ पाएपछि सबैले ति “पुरानालाई बिर्सिन्छन!
बिस्तारै अनेकौं “बाहानाहरु” बनाई तर्किन्छन!!
साच्चिकै “विचार गर्नुहोस् त” तपाईहरुले पनि!!
नयाँले दिल दुखाएपछि पुरानालाई सम्झिन्छन!!
मुक्तक ३
सम्झिएर छाती पोल्छ “मन दुख्छ निस्ठुरी!
किन देखायौ तिमिले यो मायामा चुरिफुरी!
यसरी मलाई छट्पटीमा छोडेर जानू भन्दा!
बरु गर्धन रेटेर जाउ! आउ लिएर खुकुरी !!
मुक्तक ४
विन्ति गर्छु पराईको हात समाएर नजाउ !!
दुनियाँको सामु “पागल” बनाएर नजाउ !!
अग्नि साची राखेर वाचा खाएका थियौ !!
मुटु मागे झिकेर दिन्छु”तड्पाएर नजाउ !!
मुक्तक ५
मेरो लास बाकसभित्र आउँदा खेरि नरुनु प्रिय!!
मलाई “आर्यघाटमा जलाउँदा खेरि नरुनु प्रिय !!
तिमिलाई समाजले तेरो श्रिमान मरियो” भन्दै !!
सिन्दुंर पखाल्दै चुरा फुटाउँदा खेरि नरुनु प्रिय!!
जलेको मन
सन्दिप घिमिरे
बागलुङ जैदी






