प्रेम खेल हो
जुन मान्छेले भनेको छ नि
एकदमै ठिक भनेका रहेछन्
सायद राम्रो सँग बुझेको हुनुपर्छ त्यो व्यक्तिले प्रेमलाई
र अाज मैंले बुझे यो प्रेमको परिभाषालाई
तिमी म सँग हुँदा प्रेम बुझ्न नसकेको प्रेमी म
तिमी टाढा भए पश्चात बुझ्दैछु के हो प्रेम
साच्चै प्रेम खेल हो
र यसमा तिमी र म खेलाडी थियौँ
निश्चित बिन्दुमा पुग्ने हाम्रो सपना थियो
यो प्रेमको खेल थियो
कुनै दौडको खेल होइन
हामी एक अर्काको लागी खेल्नु पर्थ्यो
वास् एकको स्वार्थको लागी होइन
तिमीले के पायौ र बिचमा मलाई छोड्यौ
तिमीलाई नै थाहा होला
तर बिचमा खेल्न छाड्ने खेलाडीलाई
हारेको मानिन्छ
र म जितेर पनि कहिले खुसी हुन सकेको छैन
बरु अझ धेरै रोए कराए
कारण तिमी हारेको म सहन सक्दिन
अन्तिम मा मेरो आँसु सुके पछि
यहि सोचेर अहिले मुस्कुराउन खोज्छु
कि तिमी यसकारण खुसी भयौ होला
कि जीत मेरो भएको छ
र तिमीलाई नै गुमाएर
म आफुलाई विजयी कसरी भनुँ ?
अनवर अली
झापा गाउँपालीका ५ पन्थापाडा ‘ झापा’






