लक्ष्मण भट्ट ‘घायल’ का ५ मुक्तक

मङ्लबार, भदौ ३०, २०७७
0
208

लक्ष्मण भट्ट ‘घायल’ का ५ मुक्तक

 

आफु जन्मिएर हुर्केको गाउँघर सोधेन  उसले
पसेपछि उसको सपनाको सहर सोधेन उसले
जन्मदिने आमाबाबु भन्दा प्यारो प्रेमिका भएपछि
के कस्तो छ बाबु आमाको खबर सोधेन उसले
झुप्रो थियौ सपनामा महल देखेर छोड्यौ
म भन्दा अर्को ~ सफल देखेर छाड्यौ
हिजोसम्म धनभन्दा मन ठुलो भन्ने तिमी
आज मेरो पैतालामा चप्पल देखेर छाड्यौ
अचेल मनै रुवाउने बचनहरु निकै हाबी भएको छ
हैन मेरो गल्ति भन्दा तँ दोषी भन्ने दाबी भएको छ
दुनियॉले घृणा गर्यो, साथीभाई संगै उनि पनि छुटिन्
र त अचेल यो लक्ष्मण पनि निकै सराबी भएको छ
     तिमी मेरो मन मुटु अनि अंग अभिन्न भन्थ्यौ
     तिमी भए पुग्छ मलाई अरु केहि चाहिन्न भन्थ्यौ
     दुनियॉ हसाई मलाई रुवाई गयौ आज तिमी
     भन्नलाई त तिमीसँग कहिल्यै छुटिन्न भन्थ्यौ
बनाउने अनि सिकाउने काम हुन्छ यहाँ |
आफुले भनेको जती पनि दाम हुन्छ यहाँ |
अहिले नहेप है डाक्टर BSC पढ्ने हरु
ईन्जिनियर पढ्नेको नि ठुलै नाम हुन्छ यहा
                         – लक्ष्मण भट्ट ‘घायल’
                    पालुङ्टार २,गोरखा,फलामखानी
                            हाल भरतपुर,चितवन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here