एक्कासि तिमी मसित झर्किदा अचम्म लाग्यो
तेलकाे पानी जस्तै गरि तर्किदा अचम्म लाग्यो ।
हराउथें सदैव म तिम्रो मायामा नशालु बनि
बेवारिसे झरि जस्तै तिमी दर्किदा अचम्म लाग्यो ।
मसँग लगाएको सबै नाता झुटाे थियो भन्दै
अर्कोैकाे हात समाएर फर्किदा अचम्म लाग्यो ।
झुटाे सपना देखायाैं र दिलमा बाँस बस्याैँ
अतीत संझि छात्ति चर्किदा अचम्म लाग्यो ।।।
मिरा बराल
भरतपुर चितवन






